आज देशभर थपिएका कुल संक्रमितमध्ये ५० प्रतिशत काठमाडौँ उपत्यकाका

काठमाडौँ, २० बैशाख । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या देशभर आज देखिएको कुल पीसीआर परीक्षण पछि पोजेटिभ आएको संख्याको ५० प्रतिशत हो ।

आज देशभर १६ हजार ६५८ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जनामा पोजेटिभ आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना गरी ३ हजार ६६६ जना थपिएको जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *