एकैदिन थपिए ७४४८ जना कोरोना संक्रमित, ३७ जनाको मृत्यु

काठमाडौँ, २० बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा थप ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।  सोही अवधीमा थप ३७ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो ।   त्यसैगरी थप २ हजार २१ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ८३.३ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोमबार जारी गरेको विवरण अनुसार १६ हजार ६ सय ५८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ हजार ३ सय ८८ जना र ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ६० जना गरी थप ७ हजार ४ सय ४८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । क्वारेनटीनमा २१२ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७८र भेन्टीलेटरमा १४२ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *