आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक लगाउने सरकारको निर्णय

604
Shares

काठमाडौँ, १९ बैशाख । कोरोना संक्रमण तिब्रता हुँदै जाँदा सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउने निर्णय गरको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि मध्यरात देखि आन्तरिक उडान र २२ बैशाख मध्यरात देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । यो निर्णय हाललाई बैशाख मसान्तसम्मका लागि तोकिएको छ ।’

सरकारले संक्रमण बढदै जाँदा विभिन्न जिल्लामा लकडाउन गर्दै स्थलमार्गबाट चल्ने यातायात बन्द गरेको छ ।

जनस्वास्थ्यका विज्ञहरुले भने हवाई उडानमा पनि रोक लगाउन पर्ने बताउँदै आएका थिए ।

सोही सुझाव अनुसार नै यो निर्णय गरिएको मन्त्री गुरुङले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *