वीरको नवनिर्मित सर्जिकल भवनलाई ५०० शैय्याको कोरोना अस्पताल बनाउने विषयमा छलफल

काठमाडौँ १९ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका छन् । उनले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिएको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *