पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार

296
Shares

काठमाडौँ, १९ बैशाख । कोरोना संक्रमणमा परि नर्भिक अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले आइतबार अपरान्ह विज्ञप्ती जारी गर्दै कोमलको स्वास्थ्यमा सुधार देखिएको बताएको हो ।

संक्रमणमा परेका पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणासंगै पूर्वरानी कोमल नौ दिन अघि नर्भिक भर्ना भएका थिए ।

भर्ना भएका तीनजना मध्ये पूर्व रानी कोमलको अवस्था एकाएक विग्रिएपछि आइसीयूमा सारेर हाइफ्लो अक्सिजन दिन थालिएको थियो ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले पूर्वरानी अहिले पनि आइसीयूमा र हाइफ्लो अक्सिजनको सपोर्टमै रहेको तर स्वास्थ्य सुधारोन्मुक भएको बताए । त्यसो त पूर्व रानीलाई गत विहीबार देखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *