पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ, १९ बैशाख । कोरोना संक्रमणमा परि नर्भिक अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले आइतबार अपरान्ह विज्ञप्ती जारी गर्दै कोमलको स्वास्थ्यमा सुधार देखिएको बताएको हो ।

संक्रमणमा परेका पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणासंगै पूर्वरानी कोमल नौ दिन अघि नर्भिक भर्ना भएका थिए ।

भर्ना भएका तीनजना मध्ये पूर्व रानी कोमलको अवस्था एकाएक विग्रिएपछि आइसीयूमा सारेर हाइफ्लो अक्सिजन दिन थालिएको थियो ।

अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले पूर्वरानी अहिले पनि आइसीयूमा र हाइफ्लो अक्सिजनको सपोर्टमै रहेको तर स्वास्थ्य सुधारोन्मुक भएको बताए । त्यसो त पूर्व रानीलाई गत विहीबार देखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *