पर्यटनमन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण

काठमाडौँ, १९ बैशाख ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययन् मन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाललाई संक्रमण देखिएको छ ।

आज गरिएको पीसीआर परीक्षणको क्रममा मन्त्री दम्पत्तीलाई संक्रमण देखिएको प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषदको बैठक राख्दै थिए । बैठक बस्नु अघि मन्त्रिपरिषदका सबै सदस्यहरुको पीसीआर जाँच गर्ने निर्देशन दिएपछि आज विहान मन्त्री क्वाटर पुल्चोकमा गई स्वास्थ्य प्राविधिकहरुले स्वाव झिकेका थिए । सो क्रममा मन्त्री ढकाल दम्पत्तीको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणिचन्द्र थापामा पनि कोरोना संक्रमण देखिईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *