सात हजार भाइल रेम्डेसिभिर औषधी सोमबार बेलुका काठमाडौँ आइपुग्ने

काठमाडौँ, १९ बैशाख । यतिवेला नेपालमा कोरोनाबिरुद्धको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधिको पनि अभाव छ । तर यो अभाव भोलि (सोमबार) बेलुकाबाट भने केही घट्ने देखिएको छ । किनभने भोलि बेलुकासम्म ७ हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने छ ।

गत साता औषधि व्यवस्था विभागले आयात अनुमति दिएपछि हाम्रो मेडि कन्सर्न र आयान हेल्थकेयर प्रालिले बंगलादेशबाट क्रमश २० हजार र १० हजार भाइल रेम्डेसिभिर ल्याउने प्रक्रिया थालेका थिए । त्यसको पहिलो खेप हाम्रो मेडिले ३ हजार र आयान हेल्थकेयरले ४ हजार भाइल औषधि भोलि बेलुका काठमाडौँ आइपुग्ने जनाएको छ ।

औषधि ल्याउन हवाई मार्ग नभएपछि स्थल मार्गहुँदै ती दुई कम्पनीले औषधि हिडालेका हुन् । तर यो बीचमा शुक्रबार बंगलादेशमा विदा, शनिबार मे दिवस र आइतबार भारतमा विदा भएको कारण भन्सार प्रक्रियामा ढिलाई हुँदा नेपाल छिर्न ढिलाई भएको हो । रेम्डेसिभिर औषधि भोलि मध्यान्न सम्म नेपाल छिर्नेछ । बेलुकासम्म भद्रपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने  र बेलुकाबाट नै वितरण गर्ने योजनामा छौँ,’ हाम्रो मेडि कन्सर्नका शम्भु कार्कीले भने ।

आयान हेल्थकेयरका अध्यक्ष मोह्मद सानी ठकुराईले स्थल मार्ग हुँदै आफ्नो औषधि आइरहेको र भोलि बेलुकासम्म काठमाडौँ आइपुग्ने बताए । पहिलो लटमा ३० हजार भाइल रेम्डेसिभिरको अनुमति दिएको विभागले त्यसपछि थप ५५ हजार भाइल आयात अनुमति दिएको छ । यो पनि क्रमश आउने आयातकर्ताहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *