काठमाडौँका २५ देखि २०० बेडका अस्पताललाई कोरोना उपचारका लागि सम्झौँता गर्न आव्हान

काठमाडौँ, १९ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड -१९ को बिरामीको उपचार गर्नका लागि जिल्ला भित्रका २५ देखि २०० बेडसम्मका सामुदायिक, निजी र गैरसरकारी अस्पताललाई सम्झौँता गर्न आव्हान गरेको छ ।

स्वास्थ्य कार्यालयले जिल्लामा कोभिड -१९ का संक्रमण बढेको र बिरामीको संख्या समेत बढेको भन्दै सरकारसंग सम्झौँता गरी उपचार सेवामा सघाउन आव्हान गरेको हो । स्वास्थ्य कार्यालयले सम्झौँता गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको रेटमा गर्न सकिने र सोधभर्ना सरकारले दिने बताएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिडका आइसोलेसनमा राख्दा प्रतिदिन ३५०० रुपैयाँ, मध्यम जटिल बिरामीका लागि ७ हजार रुपैयाँ र गम्भीर बिरामीको आइसीयू तथा भेन्टिलेटर सहितको उपचारका लागि १५ हजार रुपैयाँ प्रतिदिनका लागि दिन सकिने गरी निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालयले तीन दिन भित्र सम्झौँताका लागि आउन समेत आव्हान गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *