स्वास्थ्य मन्त्री त्रिपाठी भन्छन् – ‘कोभिड १९ को उपचार गर्नबाट सरकार पछि हटेको छैन्’ (भिडियो)
काठमाडौँ, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड -१९ को उपचारबाट सरकार पछि नहटने स्पष्ट पारेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तीले केही भ्रम सिर्जना गरेको भन्दै मन्त्री त्रिपाठीले उपचारबाट पछि नहटने स्पष्ट पारेका हुन् ।
केही बेर अघि आफ्नो फेसबुकबाट भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले आम सर्वसाधारणलाई नआत्तिन र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । उनले आइतबार मात्रै उपत्यकामा थप १ हजार बेड कोभिड -१९ को उपचारका लागि थपिने र एक दुई दिन भित्रै जीवनदायी ठानिएका औषधि आइपुग्ने भन्दै नआत्तिन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



