झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिकमा भर्ना

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । उनलाई अहिले उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

खनालको सचिवालयले कोभिड -१९ को सामान्य लक्षण देखिएको कारण नर्भिक अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य भएको जानकारी दिएको छ ।

नर्भिकका एक जना चिकित्सकले भने संक्रमण भइसकेकोले नर्भिकमा ल्याइएको बताए । तर उनले पनि अवस्था भने सामान्य नै रहेको जानकारी दिए । ‘अहिले भर्ना गरेर अब्जरभेसनमै राखिएको छ । अवस्था सामान्य नै हो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *