झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिकमा भर्ना
काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । उनलाई अहिले उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
खनालको सचिवालयले कोभिड -१९ को सामान्य लक्षण देखिएको कारण नर्भिक अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य भएको जानकारी दिएको छ ।
नर्भिकका एक जना चिकित्सकले भने संक्रमण भइसकेकोले नर्भिकमा ल्याइएको बताए । तर उनले पनि अवस्था भने सामान्य नै रहेको जानकारी दिए । ‘अहिले भर्ना गरेर अब्जरभेसनमै राखिएको छ । अवस्था सामान्य नै हो,’ उनले भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



