सीसीएमसी बैठक : अवस्था बिग्रियो, लकडाउन र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाऔं

काठमाडौँ, १८ बैशाख । कोभिड -१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले देशमा संक्रमण अत्यन्त जटिल अवस्थामा पुगेको निस्कर्ष निकाल्दै लकडाउन र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सीसीएमसीको संयोजक उप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अवस्था जटिल भएको निस्कर्ष निकाल्दै लकडाउन र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

बैठकले सिमा नाका बन्द गर्ने, आन्तारिक हवाई उडान र बढी संक्रमित देशहरुसंगको बाहिय उडान पनि तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘संक्रमण फैलन नदिनका लागि हिडडुलमा रोक लगाउनु नै उपयुक्त विकल्प हो । अहिले स्थलमार्ग बन्द हुँदा हवाई मार्ग बढी व्यस्त बन्यो र यसले पनि संक्रमण नियन्त्रणमा अफ्टेरो पार्नेछ भन्ने निस्कर्ष हो । यस्तै भारतसंगको नाका, अन्तराष्टिय उडानमा पनि अति प्रभावित देशबाट आउने उडानहरु तत्कालका लागि रोक लगाउनुपर्छ भन्ने पनि बैठकमा सहभागीहरुले बताउनु भएको छ । तर यस सम्वन्धी अन्तिम निर्णय त मन्त्रिपरिषद बैठकले गर्ने हो,’ उनले भने ।

बैठकमा उपत्यकाका ठूला सरकारी अस्पतालहरुमा कोभिड बेडहरु थप्नुपर्ने, अक्सिजनको व्यवस्था बढाउनुपर्ने लगायतका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

कतिपय नागरिकहरुले अझै पनि महामारीलाई सामान्य अवस्था ठान्दै लकडाउनको समेत उल्लंघन गरेको भन्दै यसलाई थप कडाईका साथ कार्यान्वयनमा ल्याउनका लागि जोड दिनुपर्ने विषयमा साझा निस्कर्ष बनेको समेत उलने सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *