वीरको नयाँ भवनमा एक साता भित्रै कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने

400
Shares

काठमाडौँ, १८ बैशाख । भर्खरै निर्माण सम्पन्न भएको वीर अस्पतालको नयाँ भवन (सर्जिकल भवन)मा २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको छ । सो भवनमा एक साता भित्रै २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याइन लागिएको हो ।

उपत्यकाका अस्पतालमा कोरोना उपचारका लागि वेड अभाव हुँदा वीरको नयाँ भवनमा तत्काल सञ्चालनमा ल्याउन आवाज उठिरहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनीले एक साता भित्र वीरको नयाँ भवनमा कोरोना उपचार युनिट सञ्चालनमा आउने जानकारी दिए ।

उनले शुरुमा २०० बेडको कोभिड – १९ युनिट सञ्चालन गर्ने र आवश्यकताका आधारमा बेड बढाउँदै लैजाने बताए । उनले यो युनिटमा आइसीयू, एचडीयू र जनरनल बेडहरु उपलव्ध हुने बताए ।

कोभिड युनिट सञ्चालन गर्न मन्त्रालयले आवश्यक उपकरण र जनशक्ति सहयोग गर्ने उनले स्पष्ट पारे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *