थप ५५ हजार भाइल रेम्डेसिभिर ल्याउन डीडीएको अनुमति, टोसिलीजुमाव इन्जेक्सन पनि आउँदै

काठमाडौँ, १७ बैशाख । औषधि व्यवस्था विभाग (डीडीए)ले औषधि  आयात गर्ने विभिन्न कम्पनीहरुलाई थप ५५ हजार भाइल रेम्डेसिभिर खरीदको लागि अनुमति दिएको छ । यस्तै विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न समेत अनुमति दिएको छ ।

देशमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढेपछि विभागले ठूलो परिमाणमा रेम्डेसिभिर र टोसलीजुमाव इन्जेक्सन आयातका लागि अनुमति दिएको हो ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार एसियायी बंगलादेशलाई १० हजार भाइल, बेकोन फार्मास्ीटकललाई १० लाई, हेल्थकेयर फर्मास्युटिकल्सलाई १० हजार र इन्सेक्ट्राले २५ हजार भाइल गरी कुल ५५ हजार भाइल ल्याउन अनुमति दिएको हो ।

गत साता मात्रै विभागले बंगलादेशबाट ३० हजार भाइल रेम्डेसिभिर ल्याउन बेक्सिम्को र इन्सेक्ट्रालाई क्रमश २० हजार र १० हजार भाइलको अनुमति दिएको थियो ।

‘कुल मिलाएर ८५ हजार भाइल रेम्डेसिभिर आउने भएको छ । आउँदो आइतबारसम्म नेपाल आइपुग्छ । रेम्डेसिभिर प्रयाप्त हुन्छ । त्यसैले कोही नआत्तिन पनि म अनुरोध गर्दछु,’ प्रवक्ता केसीले भने ।

टोसिलिजुमाव इन्जेक्सन यतिकेमले ल्याउने
यसैबीच विभागले कोरोना उपचारका लागि भन्दै निकै नै बढी माग भएको टोसिलीजुमाव इन्जेक्सनलाई पनि आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

प्रयोग अनुमतिसंगै विभागले यो औषधि ल्याउने जिम्मा यतिकेम प्रालिलाई दिएको छ ।

प्रवक्ता केसीले यतिकेमलाई २ हजार भाइल टोसिलीजुमाव इन्जेक्सन ल्याउन अनुमति दिइएको बताए ।

उता यतिकेमका प्रमुख प्रभुराज बैद्यले अनुमति आज पाएको भन्दै औषधि आइपुग्न भने केही समय लाग्ने बताए । उनले भने, ‘यो स्वीट्जरल्याण्डबाट ल्याउनुपर्ने हुन्छ । सहज रुपमा पनि पाउँदैन । २ हजार भाइल ल्याउन अनुमति पाएपनि शुरुमा पाँच सय मात्रै आउँछ तर केही समय त लाग्छ ।’

उनले नेपालमा १ भाइल इन्जेक्सनको करीव ६० हजार पर्न सक्ने बताए । चिकित्सकहरुले संक्रमितका लागि यो इन्जेक्सन २ देखि ४ भाइलसम्म आवश्यक पर्न सक्ने बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *