शुक्रबार सबै भन्दा बढी ३० देखि ३९ वर्षका १३८९ जनामा कोरोना संक्रमण


काठमाडौँ, १७ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका थप १ हजार ३८९ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पाँच दिन यता सबैभन्दा धेरै २० देखि २९ वर्षका बढी संक्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार कुल ५ हजार ७ सय २७ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्ति १ हजार ३८९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका १३९ जना, १० देखि १९ वर्षका ३३७, २० देखि २९ वर्षका १ हजार ३७२, ४० देखि ४९ वर्षका १ हजार ५०, ५० देखि ५९ वर्षका ७३९ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

त्यसैगरी बितेको चौबिस घण्टामा थप ३३ जना संक्रमितको मृत्यु भएको छ । हिजो सबैभन्दा धेरै ३५ जना संक्रमितको मृत्यु भएको थियो । भने आज ९ सय २८ जना निको भई डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ३३१ र भेन्टीलेटरमा ११५ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *