एकैदिन थप ५७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

488
Shares


काठमाडौँ, १७ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा थप ३३ जना संक्रमितकामृत्यु भएको छ । हिजो अहिलेसम्मकै धेरै ३५ जनाको मृत्यु भएको थियो । थप ९ सय २८ जना भने निको भई डिस्चार्ज भएका छन् । अहिले निको हुने दर ८८.९ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार १५ हजार ३ सय ९१ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ५ हजार ६ सय ५७ जना  (३६.७६ प्रतिशत ) र ५२५ जनाको एन्टीजेन परीक्षण गर्दा ७० जना गरी थप ५ हजार ७ सय २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना गरी २ हजार ९५६ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ । क्वारेनटीनमा ५५ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ३३१ र भेन्टीलेटरमा ११५ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *