‘बिरामीको चाप हेरी जनशक्ति थप्न अस्पताल स्वतन्त्र छन्’

डा. गुणराज लोहनी

काठमाडौँ, १७ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताललाई रिक्त दरबन्दीमा जनशक्ति थप्न बाटो खुल्ला गरिदिएको छ । उसले दरबन्दी नभएका अस्पतालहरुलाई बिरामीको चाप हेरी थप जनशक्ति करारमा लिएर सेवा सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

कोरोना संक्रमितको चाप बढ्दै जाँदा जनशक्ति अभाव भएको भन्दै थुप्रै अस्पतालहरुले मन्त्रालयमा जनशक्ति व्यवस्थापन गरिदिन भन्दै पत्र पठाएका छन् ।

मन्त्रालयका नीति योजना शाखा प्रमुख डा गुणराज लोहनीले विरामीलाई सेवा दिनु पहिलो कतव्र्य हो भन्दै त्यसका लागि आवश्यक जनशक्ति लिनका लागि अस्पतालहरु स्वतन्त्र रहेको बताए ।

उनले भने, ‘हामीले रिक्त दरबन्दीमा त जनशक्ति लिनु नै भनेका छौँ । दरबन्दी पुरा भई संक्रमितको चापको आधारमा थप जनशक्ति चाहिएमा पनि अस्पतालहरुले आफै व्यवस्थापन गर्ने गरी करारमा लिन सक्नेछन् । त्यसमा थप सहयोग मन्त्रालयले गर्नु पर्ने भएमा हामीलाई भन्नुहोस् भनेकै छौँ । र मन्त्रालयले आवश्यकता परेको ठाँउमा गरेको पनि छ ।’

मन्त्रालयले बिरामीको चाप हेरी देशभरका शिक्षण अस्पताल, २०० भन्दा बढी बेड भएका अस्पतालहरुसंग कोभिड -१९ को उपचारका लागि सम्झौता गरेको जनाएको छ । सम्झौँता भएका अस्पतालहरुमा उपचार गर्दा बिरामीले पैसा तिर्नु नपर्ने समेत स्पष्ट पारेको छ ।

यस्तै मन्त्रालयले सम्झौँता नगरी उपचार गरिरहेका कतिपय निजी अस्पतालहरुलाई शुल्कको सीमा तोकि सो भन्दा बढी लिन नपाउने समेत बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *