काठमाडौँ प्रशासनले भन्यो, ‘यी व्यक्तिलाई सवारी पास लिनु जरुरी छैन’

काठमाडौँ, १६ बैशाख । कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा जारी भएको छ । यसले अत्यावश्यक सेवा र कार्यमा खटिने कतिपय व्यक्तिहरुले समेत बाहिर निस्कने कि ननिस्कने भन्ने अलमलमा परेका छन् । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने अत्यावश्यक सेवा र कार्यमा खटिने व्यक्तिले अलमल हुन नपर्ने स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवा तथा बस्तुका सवारी साधानहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, बिमा लगायत नेपाल राष्ट्रबैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने संस्थाका कर्मचारीहरुलाई सवारी पास आवश्यक नपर्ने भनिएको छ ।

यस्तै एयरपोर्ट जाने आउने यात्रुको हकमा पनि सवारी पास आवश्यक नहुने र यस्ता कार्यमा यात्रा गर्दा कही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न समेत भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा केही व्यक्तिले अनावश्इक सन्दर्भमा पनि अत्यावश्यक भनि सवारी पास माग गर्ने गरेको भन्दै शुक्रबार ( १७ बैशाख) देखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यमा बाहेक सवारी पास उपलव्ध नहुने स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *