सरस्वती बस्नेत भईन बाग्मती प्रदेशको सामाजिक विकास मन्त्री, डा. रामकुमार बने राज्यमन्त्री

काठमाडौँ, १६ बैशाख । बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारी सरस्वती बस्नेतले पाएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेको आफ्नो मन्त्रिमण्डल पुरा गर्ने क्रममा बस्नेतलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

नव नियुक्त मन्त्री बस्नेत विसं २०७४ सालको निर्वाचनमा दोलखाबाट नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन । उनी अहिले बाग्मती प्रदेशकै एक मात्र महिला मन्त्री बनेकी छन् । चार दशक अघि देखि राजनीतिमा लागेकी बस्नेतले जिल्लाबाट विद्यार्थी संगठन, शिक्षक संगठन र महिला संगठनको नेतृत्व लिँदै प्रदेश सांसद भएकी हुन् ।

यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश सांसद डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीको रुपमा नियुक्त गरेका छन् । प्रदेश निर्वाचनमा नेकपा एमालेका तर्फबाट धादिङ जिल्लाबाट निर्वाचित सांसद अधिकारी जनस्वास्थ्यका विज्ञ समेत हुन् । उनले पनि बुधबार नै सफतग्रहण गरी पदवहाली गरेका छन् ।

यसअघि माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री रहेका युवराज दुलाल सरद सहितका केही मन्त्रीहरुले पुस १० गते राजिनामा दिदै मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि देखि नै बाग्मतीमा सामाजिक विकाससहितका केही मन्त्रालयहरु रिक्त थिए । मुख्यमन्त्री पौडेलले बुधबार नै रिक्त अन्य मन्त्रालयमा पनि पदवहाली गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *