कोरोना नियन्त्रणका लागि चीनले ९ करोड १८ लाख बढीको स्वास्थ्य सामग्री दिने

काठमाडौँ, १५ बैशाख । उत्तरी छिमेकी मुलुक चीनले कोरोना नियन्त्रणमा सहयोग पु र्‍याउनका लागि नेपाललाई थप ९ करोड १८ लाख बढी ( ५० लाख आरएमबी) को स्वास्थ्य सामग्री दिने भएको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबीको बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि क्षेत्रीय र अन्तराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समय नेपाल सहित दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमणले तिब्रता लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *