पछिल्लो चौविस घण्टामा थप ४५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


काठमाडौँ, १४ बैशाख ।  पछिल्लो चौविस घण्टा भित्र नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिन भन्दा ९६८ जनाले बढी हो । यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि आज बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अघिल्लो दिन १२ जनाको ज्यान गएको थियो ।

मन्त्रालयले केहीबेर अघि जारी गरेको दैनिक अपडेटमा १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमश ४ हजार ३६४ जनाको पीसीआर र १६० जनाको एन्टीजेनमा पोजेटिभ आएको उल्लेख गरेको छ ।

सोही अवधीमा ५५५ जना भने निको भएका छन् । अहिले निको हुने दर ९०.५ प्रतिशतमा झरेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ६०२, ललितपुरमा २४०र भक्तपुरमा १२४ जना गरी १ हजार ९ सय ६६ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको छ ।  त्यसैगरी १० वटा जिल्लामा पाँच सय र ९ वटा जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेको छन् । क्वारेनटीनमा ५८ जना छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा २१५ र भेन्टीलेटरमा ८४ जना उपचाररत छन् । आजको १८ जना सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *