पीसीआर परीक्षणमा बढी शुल्क लिएको पाइए सूचीबाट हटाउँछौँ : मन्त्रालय

काठमाडौँ, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणमा तोकिएको शुल्क भन्दा बढी लिने प्रयोगशालाको परीक्षण अनुमति रद्ध गर्ने जनाएको छ । मन्त्रालयले सरकारी र निजी प्रयोगशालाको पीसीआर गर्ने मूल्य सूची सार्वजनिक गर्दै बढी लिएको भेटिए परीक्षण अनुमति रद्ध गर्ने जनाएको हो ।

मन्त्रालयले पीसीआर गर्न सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ र निजी प्रयोगशालालाई २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

मन्त्रालयले आज जारी गरेको सूचनामा केही प्रयोगशालाले संक्रमण रोकथाम आदिको नाममा तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै त्यस्तो नगर्न नगराउन समेत निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *