प्रहरी अस्पतालमा ‘भेरोसेल’ लगाउनेको भीड

  • सृजना कंडेल

काठमाडौँ, १३ बैशाख । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि आजबाट कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज दिन थालिएको छ । अस्पतालमा पहिलो डोज लिन प्रहरी, तिनका आफन्त र आम सर्वसाधारणको भीड लागेको छ ।

पछिल्लो समय कोभिड संक्रमण बढ्रदै जाँदा आम खोप लगाउनेको भीड बढेको हो । स्वास्थ्य कार्यालय काठमाडौँले आजबाट प्रहरी अस्पताल सहित नौ स्थानबाट भेरोसेल खोप दिन थालेको हो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रिबहादुर खड्काका अनुसार प्रहरी अस्पतालसहित, सशस्त्र प्रहरीको अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर पहिलो डोज खोप भेरोसेल लगाउन सकिन्छ ।

 

यस्तै वीर अस्पताल महावौद्य, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज जोरपाटीमा पनि पहिलो डोज खोप दिइदै छ । यसैगरी काठमाडौँ मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरमा पनि सो खोप दिइरहेको जानकारी दिए ।

यस्तै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले अल्का अस्पताल २ भोनिमण्डल, किष्ट मेडिकल कलेज इमाडोल र आनन्दबन अस्पताल टिकाभैरवमा भेरोसेल खोप दिइएको बताए । उनले भोलिबाट नेपाल मेडिसिटी अस्पताल, निदान अस्पताल पुल्चोक र बज्रवाराही अस्पतालमा पनि खोप केन्द्र थपिने जानकारी दिए ।

उता स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले आज नेपाल कोरिया मैत्री अस्पताल, चांगुनारायण अस्पताल, जनस्वास्थ्य उपचार केन्द्र च्याम्पासिंह, सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा पनि खोप दिइएको बताए ।

दोस्रो डोज खोप कोभिसिल्ड भने भोली वीर अस्पतालमा मात्रै दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *