सोमबार काठमाडौं उपत्यकाका १६ स्थानमा कोभिडबिरुद्धको खोप पहिलो डोज दिईंदै (खोप केन्द्र सहित)

काठमाडौँ, १२ बैशाख । कोभिडबिरुद्धको खोप अभियान अन्तरगर्त भोलि ( १३ बैशाख) का दिन काठमाडौँ उपत्यकाका तीन  जिल्लाका १६ स्थानमा पहिलो डोज खोप भेरोसेल लगाइने भएको छ । यस्तै दोस्रो डोज खोप कोभिसिल्ड भने काठमाडौको एक स्थानबाट मात्रै दिईदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार सोमबार काठमाडौँमा ९ स्थानमा कोभिडबिरुद्धको पहिलो डोज खोप भेरोसेल दिईदैछ । ललितपुरले सोमबार (भोली) तीन स्थानमा र भक्तपुरमा चार स्थानमा खोप दिईदै छ ।

कहाँ कहाँ दिइदै छ पहिलो डोज खोप ?
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रिबहादुर खड्काका अनुसार सशस्त्र प्रहरीको अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर पहिलो डोज खोप भेरोसेल लगाउन सकिन्छ । यस्तै वीर अस्पताल महावौद्य, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज जोरपाटीमा पनि पहिलो डोज खोप दिइदै छ । यसैगरी काठमाडौँ मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरमा पनि सो खोप दिइने खड्काले बताए ।

यस्तै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार सोमबार (भोली) अल्का अस्पताल २ भोनिमण्डल, किष्ट मेडिकल कलेज इमाडोल र आनन्दबन अस्पताल टिकाभैरवमा भेरोसेल खोप दिइने बताए । उनले मंगलबार (पर्सी)बाट नेपाल मेडिसिटी अस्पताल, निदान अस्पताल पुल्चोक र बज्रवाराही अस्पतालमा पनि खोप केन्द्र थपिने जानकारी दिए ।

उता स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले सोमबार (भोली) नेपाल कोरिया मैत्री अस्पताल, चांगुनारायण अस्पताल, जनस्वास्थ्य उपचार केन्द्र च्याम्पासिंह, सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा पनि खोप दिइने बताए ।

दोस्रो डोज खोप कोभिसिल्ड भने भोली वीर अस्पतालमा मात्रै दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

अहिले पहिलो डोज दिइएको खोप भेरोसेल चिनियाँ खोप उत्पादन कम्पनी सिनोफार्मले बनाएको खोप हो । चीन सरकारको अनुदान सहयोगमा ८ लाख डोज खोपबाट अहिले १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको छ ।

खोप लिन चाहने व्यक्तिले नागरिकता वा आफ्नो परिचय खुल्ने सरकारी परिचयपत्र साथमा लिएर जानुपर्ने भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *