अस्पतालहरुलाई स्वास्थ्यको निर्देशन ‘अक्सिजन सिलिन्डर किन्नु सोधभर्ना हामी गर्छौं’

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ देखि ५०० शैय्या सम्मका अस्पताललाई ठूलो सिलिन्डर खरीद गरी राख्न निर्देशन दिएको छ । उसले खरीद गरेको सिलिन्डरको रकम आफूले सोधभर्ना गरिदिने समेत स्पष्ट पारेको छ ।

विहान बसेको आइसीएस कमाण्डको बैठकले गरेको निर्णय सुनाउने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले कोभिड महामारी बढ्दो क्रममा रहेको अस्पतालमा पुग्ने अधिकांश व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने भएकोले यस्तो निर्णय लिइएको बताए ।

‘जिल्ला अस्पताल अर्थात २५ देखि ५० सैय्याका अस्पताल, १०० शैय्याका अस्पतालहरु र २०० शैय्याका अस्पतालहरु साथै सबै मेडिकल कलेजहरु, प्रतिष्ठान वा ५०० शैय्या सम्मका अस्पतालहरुले क्रमश २०, ३५, ५० र १०० वटासम्मको ठूलो अक्सिजन सिलिन्डर खरीद गरी तयारी अवस्थामा राख्नुहोला र त्यसको सोधभर्ना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रति सिलिन्डर २० हजार रुपैयाँ मा नबढ्ने गरी वा मन्त्रालयको जानकारी वा सहमतिमा परल मूल्यको आधारमा उपलव्ध गराउने छ,’ डा.  गौतमले भने ।

यता मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई बजारमा उपलब्ध भएको सबै अक्सिजन सिलिन्डर खरिद गर्न समेत निर्देशन दिएको छ। डा. गौतमका अनुसार मन्त्रालयले विभागलाई बजारमा उपलब्ध भएसम्मका अधिकतम थप ठूलो अक्सिजन सिलिन्डर र पुनः भर्न मिल्ने खालका कन्टेनर सहितका १०० वटा साना सिलिन्डरहरु पनि याथासिघ्र खरिद गर्न निर्देशन दिएको हो ।

यस्तै कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेशको १६ (९) मा उल्लेख भएको व्यवस्था अनुसार सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्यसंस्था जनशक्ती, औजार उपकरण भवन तथा अन्य स्थान स्वास्थ्य सेवा र कार्यको लागि प्रयोग गर्न सबै सामाजिक विकास मन्त्रालयहरुसँग समन्वय गरी विभागले आवश्यक व्यवस्थापन यथाशिघ्र गर्न निर्देशन दिइएको छ।

यस्तै आईसीएसले थप २० हजार ठूला सिलिन्डर खरीदका लागि आवश्यक बजेट उपलव्ध गराउन लेखि पठाउने समेत निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *