सबै मेडिकल कलेज र २०० भन्दा बढी शैय्या भएका अस्पतालसंग कोभिड उपचार सम्झौँता गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १२ बैशाख ।  सरकारले कोरोनाको बढ्दो संक्रमणलाई ध्यान दिदै सबै मेडिकल कलेज र अस्पताल तथा २०० भन्दा बढी शैय्या भएका अस्पतालहरुसंग उपचारका लागि सम्झौँता गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा आज बसेको आइसीएस कमाण्डको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले स्थानीय तहमा भएका १५ शय्या सम्मका स्थानीय तहले सम्झौता गर्ने र प्रदेशका सामाजिक विकास मन्त्रालयले २०० शय्या भएका अस्पतालसँग आवश्यकताका आधारमा सम्झौता गर्न निर्देशन दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अब सबै खाले अस्पतालहरुले कोरोना संक्रमितको व्यवस्थापन र उपचार गरी त्यसको सूची स्वास्थ्य मन्त्रालयको आपतकालिन कार्य सञ्चालन केन्द्रको इमेल ठेगानामा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ।

यस्तै सबै अस्पतालहरुले कोरोना संक्रमितहरुको आकस्मिक उपचारको व्यवस्था मिलाउने र थप उपचार गर्नुपर्ने अवस्थामा सूचीकृत अस्पतालमा रेफर गर्दा सेवा उपलब्धताको अवस्था एकिन गरेर मात्र पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

सबै अस्पतालहरुले निशुल्क वा सशुल्क उपचार व्यवस्थापन गरेपछि बिरामीको सम्पूर्ण विवरण अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयको वेवसाइडमा पठाउनुपर्ने निर्णय गरेको समेत डा गौतमले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *