आइतबार २० देखि २९ वर्षका ७९५ जनामा कोरोना संक्रमण

144
Shares


काठमाडौँ, ११ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका ७९५ जनाा कोरोना संक्रमित भेटिएका छन् । हिजो सबैभन्दा धेरै ३० देख ३९ वर्षका  ५८७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विवरण अनुसार कुल ३ हजार १ सय २२ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्ति ७९५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका ६२ जना, १० देखि १९ वर्षका २७८, ३० देखि ३९ वर्षका ६७७, ४० देखि ४९ वर्षका ५२७ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

त्यसैगरी आज २८ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ५० जना निको भई डिस्चार्ज भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *