कोरोना अति प्रभावित बाँके जिल्लाभर एक साता निषेधाज्ञा

60
Shares

बाँके, १२ बैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोनाको संक्रमण रोक्न जिल्लाभर एक साता निषेधाज्ञा कर्फूयु जारी गरेको छ । यसअघि निषेधाज्ञा नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै थियो । शनिबार भने कोहलपुर नगरपालिकाले पनि निषेधाज्ञा लगाउनुपर्ने भन्दै सिफारिसका लागि जिप्रकामा जानकारी गराएको थियो ।

जिल्लाभर संक्रमण तिब्र भएको र यसको चेन ब्रेक गर्नुपर्ने आवश्यकता ठानेर अत्यावश्यक सेवा बाहेकका कार्य तथा हिडडुल गर्न समेत निषेध गरिएको छ । यो १३ बैशाख राती १२ बजे देखि २० बैशाख राती १२ बजेसम्मका लागि हो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हेरौँ सूचना ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *