फार्मेसी सेवालाई व्यवस्थित र सहज बनाउन परिषद्को पाँच बुँदे निर्णय


काठमाडौँ, १२ बैशाख । फार्मेसी सेवालाई व्यवस्थित र सहज बनाउन नेपाल फार्मेसी परिषदले पाँच बुँदे निर्णय गरेको छ । गत शुक्रबार परिषदका अध्यक्ष प्रज्वलजंग पाण्डेको अध्यक्षतामा बसेको बैठकले पाँच बुँदे निर्णय गरको हो ।

बैठकले परिषद्बाट वितरण गरिएका नाम दर्ता प्रमाणपत्र कतिपय व्यक्तिले दुरुपयोग समेत गरेको निस्कर्ष निकाल्दै यसको न्युनिकरण गर्न तथा  व्यवसायिक आचार संहितालाई पालना गर्न गराउन रजिष्ट्रार संजीवकुमार पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

यस्तै बैठकले परिषद्को कार्यालय व्यवस्थित बनाउन छुट्टै घर लिने वा नयाँ बनाउने भन्ने विषयमा समन्वय गर्न अध्यक्ष प्रज्वलजंघ पाण्डेको संयोजकत्वमा क्षितिज गड्तौला सदस्य रहने गरी एक समन्वय समिति गठन गरेको छ ।

यसैगरी बैठकले अव आवेदन शुल्क अनलाइन मार्फत तिर्न मिल्ने गरी इसेवासंग सम्झौंता गर्ने निर्णय गरेको छ । एफएपीएको सदस्य नविकरण गर्न, परिषदको नियमावली २०५९ ले तोकेका व्यवस्थामा रही फार्मेस सञ्चालन गर्न तथा त्यसका लागि आवश्यक नीति नियम निर्देशिका मापदण्ड तथा पूर्वाधार निर्धारण गर्नका लागि सरोकारवालासंग अन्तरक्रिया गर्ने निर्णय समेत गरेको सदस्य निरज बरतौलाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *