परीक्षण गरिएकामध्ये ९० प्रतिशत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण


बाँके, १२ बैशाख ।  परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले शनिबार विज्ञप्ती जारी गर्दै आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी गराउँन चाहन्छौँ । वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमरजेन्सीबाहेकका सेवा दिन सकिने छैन ।’

पछिल्लो समय बाँके कोरोनाको दोस्रो लहरमा पनि हटस्पट बन्दै गएको छ । यसभन्दा अघिको कोरोनाको लहरमा पनि बाँके बढी प्रभावित भएको थियो । केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि हुँदै आएको छ ।

उता मृत्युदर पनि दिनप्रतिदिन बढिरहेको छ ।

कोभिड डेडिकेटेट भेरी अस्पताल संक्रमितले खचाखच छ भने कयौं संक्रमितले बेड नपाएर खुला चौरमा उपचार गराइरहेका देखिन्छ्न्। भेरीका मेसु डा प्रकाश थापाले १४२ बेडको कोभिड युनिटमा अहिले १८२ बिरामी पुगेको र सबै गम्भीर अवस्थाका भएका जानकारी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *