पछिल्लो २४ घण्टामा थपिए २६१९ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु


काठमाडौँ, ११ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ६ सय १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । सोही अवधिमा थप १४ जनाको मृत्यु भएको छ । भने ३ सय ६८ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.३ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार ७ हजार ५ सय २५ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ४ सय ८६ जना र १ हजार १४३ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ३३ जना गरी थप २ हजार ६ सय १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४४, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जना गरी ८७२ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ पुगेको छ । क्वारेनटीनमा ७१ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २१३ र भेन्टीलेटरमा ६९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *