कोरोना संक्रमित पूर्व राजदम्पतीसहित छोरी प्रेरणा अस्पताल भर्ना

1.0k
Shares


काठमाडौँ, ११ बैशाख । कोरोना संक्रमणमा परेका पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल शाह र छोरी प्रेरणा सिंह अस्पताल भर्ना भएका छन् । शनिवार दिउसो १ बजे थापाथलिस्थित नर्भिक अस्पतालमा पुगेर उनीहरु भर्ना भएका हुन् ।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर गत बैशाख ५ गते स्वदेश फर्किएका शाह दम्पतीको कोरोना परीक्षण गर्दा बैशाख ७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ आएपछि शाह दम्पत्ती र उनकी छोरी निवासमै आइसोलेसनमा बसेका थिए । खासै समस्या त छैन । तर अव्जरभेसनमा रहन भनेर उहाँहरु तीन जना अस्पताल आउनु भएको हो । अस्पताल स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *