एमालेको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारीलाई

खगराज अधिकारी

काठमाडौं, ११ बैशाख । सत्तारुढ दल नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारीले पाएका छन् । उनलाई स्वास्थ्य सम्वद्ध संगठनहरुको इन्चार्ज समेतको जिम्मेवारी तोकिएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गर्ने क्रममा अधिकारीलाई सो जिम्मेवारी दिएको हो ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्दा यो जिम्मेवारी बाग्मतीका प्रदेश सांसद राजेन्द्र पाण्डेले पाएका थिए ।

सर्बोच्च अदालतले पार्टी एकीकरण विगटन गरिदिएपछि पुर्नस्थापित एमालेमा अधिकारीलाई नयाँ जिम्मेवारी दिइएको हो ।

कास्की १ बाट निर्वाचित सांसद अधिकारी पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । उनी नेपालका सफल स्वास्थ्य मन्त्रीको रुपमा समेत चिनिन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *