‘चुरोट कम्पनीको आर्थिक सहयोग लिइएन’

1.3k
Shares

काठमाडौँ, १० बैशाख । काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले सूर्य नेपालकाले दिन लागेको पाँच करोड रुपैयाँ तत्कालका लागि अस्विकार गरेको छ । सहयोग लिनु अघि केही कानूनी व्यवस्थाबारेमा जानकारी लिनु आवश्यक देखिएको भन्दै तत्कालका लागि अस्विकार गरेको हो ।

आज अपरान्ह साढे चार बजे मेरियट होटलमा भएको कार्यक्रममा किओचका तर्फबाट अध्यक्ष डा भगवान कोइराला र सूर्य नेपालका तर्फबाट उपाध्यक्ष रवि केसीबीच आर्थिक सहयोग सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर हुने भनिएको थियो । पूर्व निर्धारित कार्यक्रम भएपनि सहयोग सम्वन्धी हस्ताक्षर कार्यक्रम स्थगित भएको छ ।

‘सहयोग रकम सम्वन्धी हस्ताक्षर गर्ने भनिएको थियो । तर केही कानूनी पाटोबाट पनि हेर्नुपर्ने देखियो त्यसकारण अहिलेलाई यो कार्यक्रम स्थगित भयो,’ डा कोइरालाले भने ।

यसअघि चुरोट कम्पनीको सहयोगमा अस्पताल बनाउन खोजेको भन्दै डा कोइरालाको समेत आलोचना भएको थियो । सूर्ति नियन्त्रण अभियन्ताहरुले सहयोग रकम नलिन डा कोइरालालाई सार्वजनिक रुपमा नै अपिल गरेका थिए । सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६८ र त्यसको निर्देशिक २०७१ ले चुरोट कम्पनीबाट सहयोग लिनुलाई गैरकानूनी भनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *