विदेश जानेको कोभिड-१९ परीक्षण गर्न तोकियो अस्पताल (सूची सहित)

काठमाडौँ, १० बैशाख ।  सरकारले विदेश जानका लागि कोभिड – १९ को परीक्षण गर्न अस्पतालहरु तोकिदिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अब देखि कोभिड-१९ परीक्षण गर्ने सबै सरकारी अस्पताल सहित पाँच वटा निजी अस्पतालमा परीक्षण गराएको रिपोर्टलाई मात्रै मान्यता हुने भन्दै सूचना जारी गरेको छ ।

प्रयोगशालाले निजी अस्पतालहरुमा स्टार अस्पताल सानेपा, नेपाल मेडिसिटी अस्पतल भैसेपाटी, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल स्वयम्भू, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटल मण्डिखाटारलाई कोभिड परीक्षणका लागि मान्यता दिएको हो ।

यसअघि केही प्रयोगशालाहरुको नाममा नक्कली रिपोर्ट बनाएर विदेश उड्ने गरेको पाइएपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *