बंगलादेशबाट ३० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति

392
Shares


काठमाडौँ, १० बैशाख । सरकारले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डेसिभिर ३० हजार भाइल बंगलादेशबाट ल्याउने भएको छ । औषधि व्यवस्था विभागले एक साता भित्र तोकिएको भाइल रेम्डेसिभिर ल्याउने गरी हाम्रो मेडि कन्सर्न र आयान हेल्थ केयर प्रालिलाई आयात अनुमति दिएको छ । ती कम्पनीहरुले क्रमश बेक्सिम्को फर्मास्यिुटिकल्सबाट २० हजार भाइल र इन्सेक्ट्रा बंगलादेशबाट १० हजार भाइल ल्याउनेछन् ।

‘संक्रमण बढ्दै गएको अवस्थामा भारतले रेम्डेसिभिर निर्यातमा प्रतिवन्ध लगाएको अवस्थामा नेपालमा अभाव हुन नदिन हामीले बंगलादेशबाट ल्याउनका लागि अनुमति दिएका हौ्र । आगामी एक साता भित्र औषधि आईसक्छ,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।

गत कात्तिकमा पनि हाम्रो मेडि कन्सर्नले बेक्सिम्कोबाट १० हजार भाइल रेम्डेसिभिर औषधि ल्याइसकेको छ ।

पछिल्लो समय देशमा संक्रमण बढदै जाँदा कोरोनाका लागि प्रभावकारी मानिएको रेम्डेसिभिरको अभाव भएको छ । चिकित्सकहरुले सो औषधिको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसंग अनुरोध गर्दै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *