पछिल्लो २४ घण्टामा थपिए २४२८ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ, ९ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । सोही अवधिमा थप पाँच जनाको मृत्यु भएको छ । भने २ सय ५२ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९४.६ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जारी गरेको विवरण अनुसार १० हजार १ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जना गरी थप २ हजार ४२८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना गरी १ हजार १७४ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुगेको छ । क्वारेनटीनमा ८१ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १७० र भेन्टीलेटरमा ५९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *