कोभिड-१९ को फर्जी रिपोर्ट दिने सूरिया हेल्थ केयरको सञ्चालन अनुमति निलम्बन

काठमाडौँ, ८ बैशाख । कोभिड – १९ को फर्जी रिपोर्ट दिएको आरोप लागेको सिनामंगलस्थित सूरिया हेल्थ केयर निलम्बनमा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले फर्जी रिपोर्टका बारेमा अनुसन्धान जारी रहेको भन्दै सञ्चालन अनुमति निलम्बन गरेको हो ।

सञ्चालन अनुमति निलम्बन गरेको प्रयोगशालाले आम सर्वसाधारणलाई अर्को आदेश नभएसम्म सूरियामा गएर कोभिड -१९ को परीक्षण नगर्न सूचना जारी गरेको छ ।

यसअघि महानगरीय प्रहरीले मंगलबार सूरिया हेल्थकेयर प्रालिका सञ्जालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

यस्तै सूरियामा कोभिड जाँच गराई विदेश जान लागेका एक सय भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

सो हेल्थकेयरले स्वाव नै नलिई महंगो मूल्यमा नेगेटिभ रिपोर्ट(फर्जी) दिने गरेको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *