कोरोना संक्रमण बढेपछि नेपालगञ्जमा आजबाट एक सातासम्म लकडाउनको घोषणा

काठमाडौं, ८ बैशाख । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपलिका क्षेत्रभर आज राती १२ बजे देखि एक सातासम्म लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीय प्रशासनले लकडाउनको घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज जारी गरेको आदेशमा जिल्लामा ७३५ जना सक्रिय संक्रमित पुगी अस्पतालका बेड भरिभराउ भइसकेको र संक्रमण फैलावटको सांङ्लो तोडनका लागि एक सातासम्म लकडाउन जारी गर्न लागिएको उल्लेख छ ।

लकडाउनको अवधीमा अत्यावश्यक सेवाका बस्तु बाहेक अरु सञ्चालनमा रोक लगाइएको उल्लेख छ ।

यस्तो छ प्रजिअ गेलालले जारी गरेको आदेश :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *