नेपालमा एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण


काठमाडौँ,  ७ बैशाख । नेपालमा पछिल्लो चौबिस घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जारी गरेको विवरण अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका  रहेका छन् । हिजो (शोमवार) ९८ जनामा देखिएको थियो भने आज बढेर १९३ पगेको छ ।

आज देशभर ८ हजार ५५ पीसीआर परीक्षणमा १ हजार ६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १ हजार ७३६ जनामा संक्रमण देखिएको छ । यही अवधीमा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने थप ११ जनाको मृत्यु भएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३ हजार १०२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *