‘अबको नौ हप्ता हाम्रा लागि कठीन’ – स्वास्थ्य मन्त्रालय

काठमाडौँ ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै नौ सातासम्म कोरोना संक्रमणले तिब्रता लिन सक्ने आकलन गरेको छ । संक्रमणले उचाई लिन थालेपछि पिक अवस्थामा पुगि ओरालो लाग्न १४ साता लाग्ने विभिन्न अनुसन्धानले देखाएको भन्दै मन्त्रालयले अबको नौ साता अझै कठिन रहेको बताएको हो ।

बुधबार भरच्युअल रुपमा गरिएको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अझै ९ साता कोरोना नियन्त्रणका लागि कठिन अवधी रहेको बताए । उनले भने, ‘संक्रमणको नयाँ लहर देखिएको छ । यो सुरु भएपछि नियन्त्रण उन्मुख हुनका लागि झण्डै १४ साता लाग्ने विगतमा विभिन्न देशमा भएका अनुसन्धानले देखाएको छ । हामीकहाँ पनि झण्डै ५ साता वितिसकेको छ । अबको ९ साता हाम्रा लागि कठिन घडि हो । त्यसका लागि सबै निकाय र सबै समुदाय गम्भीर भएर आ आफ्ना ठाँउबाट लाग्नु पर्नेछ ।’

उनले महानगरमा १ हजार एक्टीभ केस, उपमहानगरमा ५ सय र नगरपालिका तथा गाँउपालिकामा २ सय बढी सक्रिय संक्रमित भएपछि स्थानीय तहले थप आदेशहरु जारी गर्न सक्ने नयाँ आदेश सरकारले दिईसकेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नागरिकको जीवन जोगाउने सरकारको पहिलो दायित्व भन्दै अहिले जति पनि आदेश जारी भएको छ त्यसलाई त्यहि रुपमा लिन आग्रह गरे । उनले सरकार भरसक लकडाउनमा नजाने भन्दै भविस्यमा अवस्था हेरेर उपयुक्त कदम चाल्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *