पछिल्लो २४ घण्टामा थपिए १७३६ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ, ७ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् । २५१ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९५।९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जारी गरेको विवरण अनुसार ८ हजार ५५ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा १ हजार ६६७ जना र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जना गरी थप १ हजार ७३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

थप संक्रमितसंगै देशमा सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ पुगेको छ । कुल मृत्युको संख्या ३ हजार १०२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *