गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, ७ बैशाख । पछिल्लो चौबिस घण्टामा गण्डकी प्रदेशमा थप ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
लाइफ कयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा र मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर पूर्व परासीको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार नवलपूर पूर्वका ५ जना, कास्कीका २३, म्याग्दी २ र तनहुँका २ जना छन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार २६३ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



