गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित


पोखरा, ७ बैशाख । पछिल्लो चौबिस घण्टामा गण्डकी प्रदेशमा थप ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

लाइफ कयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा र मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर पूर्व परासीको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार नवलपूर पूर्वका ५ जना, कास्कीका २३, म्याग्दी २ र तनहुँका २ जना छन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार २६३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *