दोस्रो डोज लगाउन काठमाडौँ उपत्यकामा तोकियो ३५ वटा खोप केन्द्र ( सूची सहित)

800
Shares

काठमाडौँ, ७ बैशाख । कोभिडबिरुद्धको पहिलो डोज खोप लगाएकाहरुले आज देखि दोस्रो डोज खोप दिइदै छ । दोस्रो डोज खोप अभियान आगामी ११ बैशाखसम्म चल्नेछ । त्यसका लागि देशभर ९५३ वटा खोप केन्द्र तय गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने दोस्रो डोज खोप लगाउन ३५ वटा खोप केन्द्र तय गरिएको छ । काठमाडौंमा १९ वटा, ललितपुरमा ११ वटा र भक्तपुरमा ५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

ती खोप केन्द्रहरुमा विहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउने व्यवस्था मिलाइएको छ ।

तीन वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुले पहिलो खोप लगाएको मितिको आधारमा दोस्रो डोज खोप लगाउन मिल्ने गरी तालिका सार्वजनिक गरेका छन् । तोकिएको मितिमा आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लिन सकिने बताएको छ ।

अहिले दोस्रो डोज खोप लगाउनेहरुले पहिले कोभिसिल्ड खोप लगाएकोले सोही खोप दिइने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *