कोभिडबिरुद्धको दोस्रो डोज खोप आजबाट दिइदै, ९५३ खोप केन्द्र तोकियो

काठमाडौँ, ७ बैशाख । कोरोनाबिरुद्धको दोस्रो चरणको खोप अभियान आजबाट शुरु हुँदैछ । गत १४ माघ देखि १० फागुनसम्म पहिलो चरणको खोप लगाएकाहरुलाई आजबाट ११ बैशाखसम्म दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले १४ माघ देखि १० फागुनसम्म खोप लगाएका ४ लाख ३९ हजार व्यक्तिलाई दोस्रो डोज खोप दिन लागिएको बताए । उनले त्यसका लागि देशभर ९५३ खोप केन्द्र तय गरिएको जानकारी दिए ।

पहिलो डोज खोप लगाएकाहरुका लागि दोस्रो डोज खोप कुन दिन कतिखेर कहाँ गएर लगाउने भनेर जिल्लास्थित स्वास्थ्य कार्यालयहरुले तालिका तोकेका छन् ।

गत १४ माघ देखि १० फागुनसम्म सरकारले भारतबाट आएको कोभिसिल्ड खोप दिएको थियो । सो अवधीमा कोभिडबिरुद्ध खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सव व्यवस्थापनमा खटिएका कर्मचारी, सरसफाई कर्मचारी तथा पत्रकारहरुले खोप लगाएका थिए । अहिले उनीहरुलाई नै दोस्रो डोज खोप दिन लागिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *