नेपालमा थप १२८१ जनामा कोरोना संक्रमण, ८ जनाको ज्यान गयो

काठमाडौँ, ६ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा थप १ हजार २८१ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । २५५ जना भने निको भएका छन् । निको हुने दर आजको दिनमा ९६.४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोमबार जारी गरेको विवरण अनुसार ७ हजार १ जनाको पीसीआर र ५४७ जनाको एन्टीजेन टेष्ट गर्दा क्रमश १ हजार २८१ जना र ५४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

थप संक्रमितसंगै देशमा सक्रिय संक्रमितको संख्या ७ हजार २५४ पुगेको छ । कुल मृत्युको संख्या ३ हजार ९१ पुगेको छ ।

आज पनि सबैभन्दा बढी संक्रमित २० देखि २९ बर्ष उमेर समूहका व्यक्तिहरु छन् । उनीहरुको संख्या ३०७ रहेको छ । त्यसपछि बढी क्रमश ३० देखि ३९ बर्ष र ४० देखि ४९ बर्ष उमेर समूहको रहेको छ । यो संख्या क्रमश २७५ र २२२ रहेको छ । आज १९ बर्ष मुनिका संक्रमितको संख्या ९८ रहेको छ । त्यसमा ९ बर्ष मुनिकाको संख्या २४ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै सोमबार काठमाडौँमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ७ जना संक्रमित थपिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *