नेपालगञ्जमा शनिबार थप १०६ जनामा कोरोना संक्रमण

नेपालगञ्ज, ४ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार थप १०६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार १९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा १०६ जना अर्थात ५५.७८ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । यसअघि शुक्रबार त्यहाँ १८३ जनाको परीक्षण गर्दा १२७ जनाको पोजेटिभ देखिएको थियो ।

अस्पतालले अधिकांश संक्रमित बाँके र बर्दिया जिल्लाको भएको जानकारी दिएको छ । यस्तै अधिकांश संक्रमितको उमेर ४० बर्ष मुनि रहेको बताइएको छ । नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोनाले संक्रमणदर तिब्र रुपमा बढाएको छ ।

दिन दिनै सय भन्दा बढीका दरले संक्रमित थपिदै जाँदा त्यस क्षेत्रमा उपचारमा समेत समस्या देखिन सक्ने चिकित्सकहरुले बताएका छन् ।

भेरी अस्पतालका मेसु डा प्रकाश थापाले अहिले नै ९० जना अस्पतालमा भर्ना भएकामा ४० जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको बताएका थिए । उनले भर्ना भएका बाँकीलाई पनि अक्सिजन दिनु पर्ने अवस्था रहेको उल्लेख गरेका थिए ।

कोरोनाको पहिलो लहरमा हटस्पट बनेको बाँकेमा यसपटक पुन संक्रमणले तिब्रता लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *