९० जना कोरोना संक्रमितको उपचार भइरहेको भेरीमा ४७ जना गम्भीर अवस्थामा

नेपालगञ्ज, ४ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोभिड -१९ पोजेटिभ मात्रै ९० जना बिरामी भर्ना भएका छन् । त्यसमध्ये ४७ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

अस्तपालका मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश थापाका अनुसार कोभिड -१९ को संक्रमणमा परी अहिलेसम्म भर्ना भएका ९० जनामध्ये ४० जना आइसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

‘आइसीयू र भेन्टिलेटरमा रहेका त गम्भीर अवस्थाका भईहाले, अस्पतालमा भर्ना भएका अरु पनि लक्षण भएका र अक्सिजन दिनुपर्ने केशहहरु हुन्,’ उनले भने ।

शुक्रबार १८३ जनाको परीक्षण गर्दा १२७ जना पोजेटिभ आएको थियो ।

डा थापाले अस्पतालमा केही दिन यता अस्पतालका नर्स, मेडिकल रेकर्डर, ल्याव टे्िरक्नसियन आदी गरी ६ जनामा संक्रमण भएको सुनाए । ‘उहाँहरु सबै पहिलो डोज खोप लगाएका स्टाफहरु हुनुहुन्छ । त्यसैले पनि होला उहाँहरुमा अहिलेसम्म त्यति गम्भीर समस्या देखिएको छैन् । घरमै आइसोलेट भएर बस्नु भएको छ’ उनले भने ।

संक्रमणको नयाँ लहरमा अहिले अधिकांश युवा उमेरका व्यक्तिहरु परेको डा थापाले बताए । ‘संक्रमण समुदायमा फैलिएको छ । त्यसैले दिन दिनै संक्रमितको संख्याले नयाँ रेकर्ड राख्दैछ । अवस्था भयावह छ । अस्पतालले कसरी धान्ने भन्ने हुनथालेको छ,’ उनले भने ।

उनले गम्भीर बिरामीको लागि प्लाज्मा थेरापी विधिका लागि स्थानीय तहमै प्रयास गरिएको बताए । तर उनले यसअघि प्रभावकारी मानिएको रेम्डेसिभिरको सहज उपलव्धता नभएको जानकारी दिए । ‘स्थानीय बजारमा यो भ्याक्सिन पाइएको छैन् । यसको अभाव नै छ । कोही कोही बिरामीको आफन्तले सिमा क्षेत्र (भारत)बाट मगाएर आफ्नो आफन्तको उपचार सहज बनाउने प्रयास गर्नु भएको छ, डा थापाले भने ।

बाँके पहिले पनि कोरोनाको हटस्पट बनेको क्षेत्र हो । यसपटक यहाँको संकेत त्यति सहज हुने छाँट देखिएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *